काठमाडौँ, २८ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले सहकारीको समस्या समाधान गर्ने बताउनुभएको छ ।
मंगलबार स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको उल्लेख गर्नु भएको छ ।
मन्त्री अर्यालले भन्नुभयो, सहकारी संस्था ठूलो भएपछि मानसिकताहरु विकृति बन्न थालेका छन, संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।ु सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि झनै समस्या आउँछ, ‘सहकारी नियमावलीमार्फत सहकारीमा फैलिएको बिकृतिलाई नियन्त्रण गर्ने प्रयासमा छौँ ।ु
भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले अहिले गरीब पहिचानको काम गरिरहेको जानकारी गराउँदै उहाँले गरीब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने जानकारी दिनुभयो ।