काठमाडौँ, २८ साउन । स्थानीय सरकारले विहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाले आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
जनैपूर्णिमा पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको अध्यक्ष टासी लामाले बताए ।