रौतहट, २८ साउन । रौतहटमा गाडीको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमा नै मृत्यु भएको छ ।
राजपुरमा भारतीय बिआर ३२ प १५४१ नम्वरको गाडीले पैदलयात्री भारतको सितामढी पौराही बस्ने विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको अनुमान गरेको छ । गाडीका चालक गौर नगरपालिका वडा नं। ४ बस्ने राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएकोे र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।