धादिङ, २८ साउन । धादिङमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
मंगलबार दिउँसो धादिङबेसीबाट मैदीतर्फ जादै गरेको बा१३च५२३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याइएको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।