नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

काठमाडौँ, १२ साउन‌‌ । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।

राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी कपलवस्तुतको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमामा केही दिन काम गरे । एजेन्टले भनेअुसार तलब पाइनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मा¥यो, उनी छाँगाबाट खसेझै भए ।

कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगीएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् ।

छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा एमस्टेप प्रोग्रेसिव प्रालिले सञ्चालन गरेको नेटवर्किङ व्यावसायमार्फत धेरै नेपाली ठगीएका हुन् । प्रारम्भिक रुपमा उनीहरुबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले