इन्टरनेटको शुल्क वृद्धि फिर्ता हुने

काठमाडौँ, ८ साउन । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरुको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ ।

नियमावलीमा भएको मर्मतसम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेटको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लिन पाइने व्यवस्था गरिएको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

राजपत्रमा सूचना प्रकाशित भएपछि यो संशोधन कार्यान्वयमा आउने छ। इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल (आइस्पान) अध्यक्ष भोगराज भट्टले मन्त्रिपरिषदले नियमावली संशोधन गरेको बारे औपचारिक जानकारी प्राप्त नभएको बताए ।

‘यदि हाम्रो मागअनुसार नियमावली संशोधन भएको हो भने इन्टरनेटमा १३ प्रतिशत मूल्यवृद्धि फिर्ता हुन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ । आज नेप्से शुन्य दशमलव

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१

काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको