राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउनुहोस्, दोषी कोही पनि छाडिन्न : प्रम ओली

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान नबनाउन आग्रह गर्दै प्रतिष्ठानमा देखीएका दोषी कोही पनि नछाड्ने चेतावनी दिनुभएको छ ।

प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रतिष्ठानबारे छानबिन गर्न बनेको समितिको रिपोर्ट आफूले पाउनु अगाडि नै सार्वजनिक भएकोमा समेत असन्तुष्टि जनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई खेल मैदान बनाउने होइन । मान्छे नियुक्त गर्ने भर्ती केन्द्र पनि होइन, ब्यापारको थलो पनि होइन । कुन पार्टीका छन् मलाई मतलब छैन । उपकुलपति होस् कि पदाधिकारी होस्, कसैलाई पनि छाडिन्न । कुलपति कहाँ रिपोर्ट पुग्नु अगाडि कुलपतिले सञ्चार माध्यमहरुबाट थाहा पाउँछ, कस्तो रिपोर्ट हो ? छानबिन गर्न जानु भयो कि राजनीति ?’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई स्वच्छ र पारदर्शी बनाउनेतर्फ केन्द्रीत हुन निर्देशन समेत दिनुभएका छ । प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका उहाँले दबावमा काम नगर्ने बताउँदै भन्नुभयो, ‘उपकुलपतिको गल्ती छ भने माफी हुन्न । अरुको छ भने पनि हुन्न ।’

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको पनि बताउनु भयो । ‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले समितिको कार्यशैली उपयुक्त नभएको प्रष्ट पार्नुभयो । प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले गत जेठ ३० गते समिति गठन गरेको थियो । समितिको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा।संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए । प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ । आज नेप्से शुन्य दशमलव

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१

काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको