शरीर बन्धक बनाई ४० लाख रुपैयाँ माग गरेको घटनामा संलग्न ४ जना पक्राउ

झापा, ७ साउन । शरीर बन्धक बनाई ४० लाख रुपैयाँ फिरौती माग्ने कार्यमा संलग्न ४ जनालाई झापाको चारआलीबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका(४ भद्रपुर रोड बिजुली अफिस पश्चिम बस्ने मामा भाञ्जा ग्यारेजका संचालक २९ वर्षीय मेराज खान, सोही नगरपालिका बस्ने सुजन बिक, बिर्तामोड नगरपालिका(२ चारपाने बस्ने ईलाम फाकफोकथुम गाउँपालिका(१ घर भएकी २० वर्षीया रितु फियाक लिम्वु र बिर्तामोड नगरपालिका(४ बस्ने भारत किसनगञ्ज घर भएका मामा भाञ्जा ग्यारेजमा काम गर्ने २५ वर्षीय प्रकाश दास रहेका छन् ।

उनीहरुको साथबाट बा।१५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १ सय मिलिको शिलप्याक बोतल ३ थान, प्रोप्रानोल लेखिएको १५ चक्की, निट्रोसन १० लेखिएको ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लाष्टीकको पेस्तोल जस्तो देखिने बस्तु १ थान तथा समेत प्रहरीले बरामद गरेको छ । सुजन विकले भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्ड समेत बनाएको खुल्न आएको छ ।

बिर्तामोड नगरपालिका(४ मा व्यवसाय गरी बस्ने एक व्यवसायीलाई जोया नाम बताउने केटीले असार २८ गतेदेखि इमो र मोवाइलवाट नियमित सम्पर्क गरी साउन १ गते सोही नगरपालिकास्थित कुमारी बैंकको छेउ गल्ली भित्रको कोठामा लगि २र३ जनाले हतियार देखाई कुटपिट समेत गरी निवस्त्र बनाई भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिई श्रावण ५ गतेसम्म उक्त रकम फिरौती नदिए ज्यान मार्ने धम्की समेत दिएको र पछि उनकै चिनजानको साथीको जिम्मा लगाई छाडिदिएको र उक्त दिनदेखि दैनिक रुपमा विभिन्न मोवाइल नम्बरबाट फोन गरी पैसा नदिएमा ज्यान मार्ने धम्की दिदै आएको भन्ने साउन ३ गते पीडितले दिएको उजुरीको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिवादीमध्येका सुजन बिक २०७४ मा मानव वेचविखन तथा ओसारपसार मुद्धामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको खुल्न आएको छ ।

पक्राउ उनीहरुलाई शरीर बन्धक बनाई अपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागूऔषध वारदातमा मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा