सरकारले जनचाहना अनुरुप विकास र समृद्धिको डेलिभरी दिने समय आयो : मन्त्री पोखरेल

धरान, ७ साउन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनचाहना अनुरुप सरकाले डेलिभरी दिने समय आएको बताउनुभएको छ ।

धरान उपमहानगरका मेयर तारा सुब्बा स्मृति ग्रन्थ लोकार्पणका क्रममा उपप्रधानमन्त्री पोखरेलले साथै सरकारले विकासको गति तिव्र हुने बताउनुभयो । सरकार मात्र परिवर्तन नभइ प्रणालीनै परिवर्तन भएकाले नयाँ प्रणाली अनुकुलका कानुन, नीति र संरचना निर्माण भइरहेकाले जनचाहना अनुरुप सरकाले डेलिभरी दिन समय लागेको वताउनुभयो ।

‘एक बर्षको अवधिमा कानुन, नीति र संरचना निर्माण भएर आधारस्तम्भ तयार भएको छ’, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ‘अव सरकारले गति लिन्छ ।’ उहाँले पार्टीको घोषणा पत्र तथा सरकारको नीति र कार्यक्रम अनुरुप सरकारले विकास र सम्वृद्धिमा फडको मार्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले तारा सुब्बा सजिलो अवस्थामा मात्र होइन अप्ठयारो अवस्थामा पनि चम्कन सक्ने ब्यक्तित्व भएको वताउनुभयो । उहाँको सपनाको रक्षा गर्नुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड छ । ‘मरेर जानेहरूले देखेको सपनालाई बाँच्नेहरूले आँखामा साँचिरहनुपर्छ’ उहाँले भन्नुभयो ।.सुब्बा भौतिक रूपमा यो संसारमा नरहेपनि विचार र कर्मले बाँचिरहेको वताउनुभयो ।

कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्याहाडले तारा सुब्बा विद्यार्थीसमयदेखिनै असल ब्यक्तित्व रहेको वताउनुभयो । मुख्यमन्त्री शेरधन राईले तारा सुव्वाले देख्नुभएको धरानलाई स्मार्ट सिटी वनाउने सपना पुरा गर्ने जिम्मेवारी प्रदेश र स्थानीय सरकारको काँधमा आएको वताउनुभयो ।

कार्यक्रममा सभामुख प्रदीप भण्डारी, प्रा डा टंक न्यौपाने, डा भीम खतिवडा, सांसद जयकुमार राई, नेकपा सुनसरी सचिव रमेश वस्नेत लगायतले तारा सुव्वाको योगदानको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले