सिरहा, ७ साउन । सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिरहा नगरपालिका -२ का ५२ वर्षीय विन्देश्वर साहको दिउँसो तीन बजे मोटर चलाएर नुहाउन क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साहलाई करेन्ट लागे लगतै सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा लगीएको र उपचारको क्रम मृत्यु भएको जिल्ल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।