गाँजासहित दुई जना पक्राउ

धनुषा, ७ साउन । धनुषामा पाँच किलो गाँजासहित दुई जना पक्राउ परेका छन ।

मंगलबार बिहान लक्ष्मीनिया गाउँपलिकाबाट ज ९ प ६३९८ नम्बरको मोटरसाइकलमा गाँजा लैजादै गरेको अवस्थामा महोत्तरीको औरही नगरपालिका २ का २३ बर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका १० का २७ बर्षीय रोशन विश्वकर्मालाई पक्राउ  गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले पाँच किलो गाँजा बरामत गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ भदौ । बिहीबार नेप्से परिसूचक करिब १ अंकले घटेपनि सेन्सेटिभ परिसूचक बढेको छ । आज नेप्से शुन्य दशमलव

काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१

काठमाडौँ, ५ भदौ । नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर निम्नानुसार रहेको छ,

काठमाडौँ, ५ भदौ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको