अवैध चोरी शिकार गर्ने तीन जना पक्राउ

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् ।

बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि  बन्दुकसहित श्यामलाल थारूललाई प्रहरीले पक्राऊ गरेको हो ।

थारुको किराना पसलबाट चित्तलजस्तो देखिने जङ्गली जनावरको ४.३ लम्बाइ, २.१० चौडाइ, बीचमा आधा इन्च गोलाइ भएको दुई प्वाल रहेको छाला एक थान, दुई स्टिलको बाटासहितको मासु १२ केजी, एक फिट लम्बाइ भएको फलामको खुँडा एक थान फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी बारबर्दिया नपा-७ हरनहवा बस्ने ५४ वर्षीय सीताराम थारूको घरबाट भरुवा एकनाले बन्दुक एक थान, स्टिलको बाटासहित जनावरको मासु छ केजीसहित बरामद भएको छ त्यस्तै  ५० वर्षीय रामफल थारूलाई दुई केजी जनावरको मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पाल्पा, २२ मंसिर । पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । निस्दी गाउँपालिका-३

काठमाडौ‌ँ, २२ मंसिर । लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लागू

बाजुरा, २२ मंसिर । बाजुरामा वनमा लागेको आगो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया

इटहरी, २२ मंसिर । सुनसरीको इटहरीस्थित होटल बिग बारमा विद्युत सर्ट हुँदा आगलागी भएको छ । आइतबार बिहान इटहरी उपमहानगरपालिका-६