‘योगदानमा आधारित सामाजिक सुरक्षा’ आजदेखि कार्यान्वयनमा

काठमाडौँ, १ साउन । नेपालको संविधानले व्यवस्था गरेअनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न गत मंसिरबाट शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ ।

सामाजिक सुरक्षा कोषले शुरुमा चार योजना सञ्चालन हुने जनाएको छ । जसमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना रहेका छन् ।

सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था छ ।

श्रमिक तथा कर्मचारीको सामाजिक सुरक्षाको सवालमा सरकार गम्भीर रहेको भन्दै गत मंसिर ११ गते ‘नयाँ युगको सुरुआत्’ नारा दिएर कोषको अवधारणा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका

चितवन, ७ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका

काठमाडौँ, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।