महोत्तरी, १ साउन । महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ ।
मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क सडकमा ३६ वर्षीय श्रवण थापाको घोप्टो परेको अवस्थामा सव फेला परेको प्रहरीले जनाएको छ ।
थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश-०२-००१ प ३०५४ नम्बरको स्कुटर ठिक अवस्थामा र हेलमेट भने फुटेको अवस्थामा फेला परेको प्रहरीले बताए ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।