कांग्रेसको सिद्धान्त : सरकारको सक्दो विरोध गर, आफ्नो विरोध गर्दै नगर ! खोई स्वतन्त्रता ?

काठमाडौँ, १ साउन । कांग्रेसमा कस्तो लोकतन्त्र ? सरकारको दिन रात नभनी आलोचना गर्ने तर आफ्नो नेतृत्वको आलोचना गर्न नपाउने ! सरकारको विपनामा मात्र हैन सपनामा पनि सक्दो विरोध गर्नै पर्छ भन्ने ।

सडक तथा सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो स्वरमा आवाज बुलन्द गर्छ कि सरकारले ल्याएको सूचना प्रविधि ऐनले नेपाली जनताको बोल्ने, लेख्ने स्वतन्त्रता कुठित भयो, सरकार निरंकुशताको बाटोमा हिड्यो ! जसमा पनि कांग्रेसका युवा नेता तथा सांसद गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्मा त अझै सूचनाको हकलाई बन्देज लगाउने भयो सरकारले भनि हल्ला गर्दै हिडेका छन् ।

सरकारले गरेको उज्यालो कामलाई पनि अध्यारो मानि आँखा चिम्लीएर विरोधको ठूला ठूला आवाज निकाल्ने सांसद थापा तथा प्रवक्ता शर्माले आफ्नो पार्टी भित्रको आन्तरिक रुपमा लगाइएको सामाजिक सञ्जालको बन्देजको किन आवाज उठान गर्न सक्दैनन् ? यो आम कांग्रेसी नेता तथा कार्यकर्ताको उत्सुकताको विषय हो । अरुको आङको जुम्रा पनि देख्ने आफ्नो आङको भैंसी पनि नदेख्ने कस्तो प्रवृक्ति हो ? भनि कांग्रेसका कार्यकतामा उत्सुकता पैदा भएको छ ।

स्वतन्त्रताको कुरा गर्ने थापा र शर्माले आफ्नो पार्टीमा भने सामाजिक सञ्जालमा नेतृत्वको आलोचना गर्न नपाउने लविङ गरिरहेका छन् । यो व्यवहार कतिको सान्दर्भिक छ ? उदाहरणको लागि कांग्रेसले देशभर गरेको एक महिने जनजागरण अभियान ! जहाँ नेतृत्वको आलोचना गर्न नपाउने भनि औपचारिक निर्णयमात्र हैन आचार संहिता नै बनाई अघि बढे । नेतृत्वको आलोचना नै गर्न नपाउने कस्तो लोकतन्त्र हो कांग्रेसको ? आम नेपाली जनताको चासोको विषय बनेको छ ।

एका तर्फ मिडिया सम्बन्धी सरकारले ल्याएको विधेयकलाई विरोध गर्नमा आफ्नो दिनचर्या व्यतित गर्दैछ कांग्रेसले भने अर्कातर्फ आफ्नो पार्टी भित्र नेता तथा कार्यकताको स्वतन्त्र अभिव्यक्तिलाई क्रमिक रुपमा कुण्ठित गर्दै छ ।

सरकारले विधेयक संसदमा ल्याउँछ । संसदमा दफावार छलफल गर्नुपर्छ । जसबाट देश र जनताप्रति उत्तरदायी प्रकारको कानुन निर्माण गर्नुपर्छ । मिडिया काउन्सील विधेयक आफैमा नराम्रो भने होइन । जो नेपाली मिडिया जगतको लागि अनिवार्य आवश्यकता हो । जसबाट आम नेपाली मिडिया तथा मिडियाकर्मी वा सञ्चाकर्मी व्यवस्थित तथा जिम्मेवार हुन्छन् । होला, केही समस्या सरकारले प्रस्तुत गरेको विधेयकमा । जसलाई संसदिय अभ्यासबाट परिमार्जन गर्न सकिन्छ र त्यो नियमित प्रकृया हो ।

त्यस्तै मानवअधिकार, गुठी लगायतका विधेयकहरु संसदमा छलफल हुन नै नदिई सडक तथा सदनमा नकरात्मक हल्ला फैलाउनु कांग्रेसको कति संसदप्रतिको जिम्मेवारीपन छ भन्ने प्रश्न चिन्ह खडा भएको छ । छलफल तथा सहकार्यको बाटोलाई लत्याउँदै कांग्रेसले संसदिय अभ्यासलाई समेत खेलैनाको रुपमा अघि बढेको स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले