कोरियामा न्यूनतम ज्याला बढ्यो

दक्षिण कोरियाले न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ ।

बढेको ज्याला कार्यान्वयनमा आउनका लागि संसदबाट पारित हुनुपर्नेछ । अगस्ट ५ को संसदले पारित गरेमा श्रमिकले आगामी बर्षको जनवरीदेखि डिसेम्बरसम्मको ज्याला २.९ प्रतिशत बढ्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

न्यूनतम पारिश्रमिक बृद्धि भएसँगै ईपीएसमार्फत कोरिया आएर कार्यरत ३३ लाख बढी कामदार लाभान्वित हुने छन् । सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधीबीच विहीबार भएको १३ घण्टा लामो छलफल निष्कर्षमा नपुगेपछि मतदानमार्फत तलब बृद्धिको निर्णय भएको हो ।

नयाँ पारिश्रमिक अनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७‍‍.३२ डलर) पाउने छन् । यस बर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख

काठमाडौँ, १७ जेठ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।   प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति