बालुवाटार जग्गा प्रकरण : आफ्नै पूर्व-प्रमुखसँग दिनभर बयान लियो अख्तियारले

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । अनुसन्धान अधिकृतको टोलीले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग बयान लिएको हो ।

‘उहाँ बिहान आउनुभएको हो, दिनभर भित्र बसेर बेलुकी फर्कनुभयो,’ अख्तियारको सुरक्षा स्रोतले भन्यो, ‘किन आउनुभयो भनेर सोधखोज हुँदा बयानका लागि भन्ने थाहा भयो ।’

बस्न्यात निकट एक कानुन व्यवसायीका अनुसार अख्तियारको टोलीले बस्न्यातलाई ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएको भन्ने उजुरी छानबिनका क्रममा ‘आयोगमा आइदिन’ अनुरोध गरेको थियो। ती कानुन व्यवसायीले भने, ‘त्यही क्रममा जानुभएको होला ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले