सि.आइ.बि मा कार्यरत प्रहरी हुँ भनी ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २६ असार । नेपाल प्रहरीको डिएसपि हुँ भनी ठगी गर्दै हिँड्ने कार्यमा संलग्न रहेको अभियोगमा धादिङ धुनिबेसी नगरपालिका-२ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई काठमाडौं नागार्जुन नगरपालिका-७ सितापाईलाबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई म नेपाल प्रहरीको सिआइबिमा कार्यरत डिएसपि हुँ मेरो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक भेट तथा फोन समेत गरी नगद १० हजार रुपैयाँ लिई सकेको र अन्य रकम माग गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका लुईटेल उपर ठगी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन