खोलामा खसेर एक जनाको मृत्यु

रौतहट, २६ असार । रौतहटका रामपुकार पटेलको खोलामा डुबेर मृत्यु भएको छ ।

बिहीबार रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित वेपत्ता भएका थिए ।

भारतीय सुरक्षाकर्मीहरुले खोलामा डुवेको अवस्थामा पटेल चढेको बीआर ५५ए४१३८ नम्वरको मोटरसाइकल फेला पारेको र उनी नेपाली नागरिक रहेको पुष्टि भएको भारतीय सुरक्षा अधिकारीले जनाएको छन ।

सुरक्षाकर्मीहरुको निकै प्रयासपछि घटनास्थल भन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाट नजिक पटेलको शव फेला पारेका छन । शव बरामद भएपछि मृतकको आफन्तलाई खवर गरिएको तथा शव ल्याउन पहल भइरहेको रौतहट प्रहरीका डीएसपी एवं प्रवक्ता नवीन कार्कीले बताए ।

लगातार रुपमा परेको पानीको कारण रौतहटको लालबकैया तथा बाग्मती नदीको जलस्तर बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना