प्रदेश सार्वभौम राष्ट्रको स्वतन्त्र सरकार होइन, नियन्त्रण गर्ने अधिकार केन्द्रसँग छ : प्रम ओली

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकार सार्वभौम नभएको भन्दै त्यसलाई नियन्त्रण गर्ने अधिकार केन्द्र सरकारमा रहेको बताउनुभएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सुरक्षा, अन्तर्राष्ट्रिय मामिला, आर्थिक क्षेत्रका विषय र कतिपय स्रोतहरुका विषय संघको अधिकार क्षेत्रभित्र पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश, प्रदेश सरकार हो । प्रदेश, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको स्वतन्त्र सरकार होइन । यसलाई नियन्त्रण गर्ने अधिकार संघीय सरकारसँग हुन्छ । हामी संविधानको कार्यान्वयनमै छौं र शक्ति हस्तान्तरण गर्दैछौं, शक्ति बाँडचुँड गर्दैछौं । सार्मथ्य अभिवृद्धिको कार्यलाई पनि संगसंगै अगाडि बढाउँदैछौं । शक्तिको मात्रै, बाँडफाँटको मात्रै कुरा गर्यौं भने यो कार्यान्वयन हुन सक्दैन । त्यसकारण अधिकारको कार्यान्वयनका लागि सार्मथ्य वृद्धि आवश्यक छ ।’

उहाँले भन्नुभयो, ‘यो यथार्थ हो । प्रदेश, प्रदेश सरकार हो । प्रदेश, एउटा स्वतन्त्र, सार्वभौम राष्ट्रको स्वतन्त्र सरकार होइन । यसलाई नियन्त्रण गर्ने अधिकार संघीय सरकारसँग हुन्छ । सुरक्षाका प्रश्नहरु, अन्तर्राष्ट्रिय मामिलाका प्रश्नहरु, आर्थिक क्षेत्रका प्रश्नहरु, कतिपय स्रोतहरु यो–यो संघ अन्तर्गत हुने भन्ने व्यवस्था संविधानमै छ र त्यो उचित छ । यो एउटा देश एउटा सरकार र त्यसका विभिन्न तह । यस ढङ्गले नै बुझ्नुपर्छ । आवश्यक अधिकार उपलब्धता छ । अधिकारको प्रयोगका निम्ति स्रोत पनि आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ । फागुणको २ गतेबाट रिलिज

काठमाडौँ, ७ माघ । नायिका कंगना रनावतले नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले

काठमाडौँ, ७ माघ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक

काठमाडौँ, ७ माघ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड