आमाले भैंसी बेचेपछि छोराले आमाको ज्यान लियाे

पर्सामा एक युवकले आफूसँग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका हुन् ।

नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ । फागुणको २ गतेबाट रिलिज

काठमाडौँ, ७ माघ । नायिका कंगना रनावतले नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले

काठमाडौँ, ७ माघ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक

काठमाडौँ, ७ माघ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड