९० हजार घूस लिने इन्सपेक्टरविरुद्ध मुद्दा दायर

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहलाई नब्वे हजार घूस लिएको आरोपमा मंगलबार मुद्दा दायर गरेको हो ।

साहले लागु ओषध मुद्दामा पक्राउ परेका सेवाग्राहीको मुद्दामा घुस लिएको भन्ने उजुरीमा अनुसन्धान हुँदा घूस लिएको खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार साहले सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा रकम जम्मा गर्न लगाई आफ्नो ओहदासँग सम्बन्धी काम नगर्न सेवाग्राहीसँग घूस लिएका थिए । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क