गल्ती गर्ने परीक्षक अन्याय भोग्ने परीक्षार्थी

काठमाडौँ, २५ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो ।

अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने व्यक्तिका रूपमा परीक्षकलाई ठह¥याएको छ । नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि आवेदन दिएका कतिपय परीक्षार्थीको प्राप्ताङ्क परिवर्तन हुने गरेको छ । प्राप्ताङ्क परिवर्तन भएकाका एक हजार २०४ वटा उत्तरपुस्तिकामाथि गरिएको अध्ययनले परीक्षकको गल्ती ६३ प्रतिशत रहेको औँल्याएको छ ।

सबैभन्दा बढी ४२ प्रतिशत गल्ती कभर पेजमा अङ्क चढाउन छुटेको पाइएको छ । अध्ययन गरिएका उत्तरपुस्तिकाको १८ प्रतिशतमा प्राप्ताङ्कको जोड नै गलत गरेको देखिएको छ । डिकोडिङ बिग्रिएको, झट्ट पढ्न नसकिने अङ्क, परीक्षण गर्न छुटेको, अङ्क यताउता पारी लेखिएको, सम्परीक्षकले गलत अङ्क लेखेको, इन्ट्री गलत गरेको लगायतका गल्ती देखिएका छन् । परीक्षकले गल्ती गर्ने प्रवृत्ति विगतदेखिकै हो ।

उनीहरूको लापरबाहीले गर्दा परीक्षार्थीहरू अन्यायमा पर्दै आएका छन् । पुनर्योगका लागि आवेदन दिई नतिजा परिवर्तन भएकाहरूले न्याय पाए पनि नतिजाप्रति चित्त बुझाउनेहरूमाथि परीक्षकले अन्याय गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन