‘नयाँ नेपाल’ निर्माणमा भारतको सहयोग आवश्यक

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले सोमबार आयोजित दुई मुलुकका कूटनीतिज्ञ तथा व्यवसायीहरुको भेलालाई सम्बोधन गर्दै ‘नयाँ नेपाल’ निर्माणका लागि भारतको सहयोग आवश्यक रहेको धारणा प्रकट गरे ।

‘नेपालमा सशस्त्र विद्रोह र अस्थिरताको युग समाप्त भएर स्थायी सरकार गठन भएको अवस्था छ, समावेशी लोकतान्त्रिक अभ्यासमा लागेको नेपाललाई समृद्ध बनाउन छिमेकी भारतको सहयोग आवश्यक छ’ राजदूत आचार्यले बताए । यसका लागि ‘रोडम्याप’ तयार पारेर भारतबाट अटुट सहयोगका लागि पूर्ण विश्वासको वातावरण तयार पार्नुपर्ने उनको धारणा थियो ।

भारतस्थित नेपाल राजदूतावास र नेपाल उद्योग संघ (सीएनआई) को सहयोगमा भारत–नेपाल केन्द्रले आयोजना गरेको भेलामा राजदूत आचार्यले सो विचार प्रकट गरेका हुन् ।

राजदूत आचार्यले नेपाल–भारतीबीचको सांस्कृतिक तथा परम्परागत सम्बन्धलाई अघि बढाउन र असन्तुलित व्यापारमा सुधार ल्याउन जलस्रोत, कृषि, औषधिविज्ञान, शिक्षा र सीप प्रवद्र्धक उद्योगमा भारतले नेपाललाई सघाएमा नयाँ नेपाल बनाउने पक्षमा योगदान पुग्ने धारणा राखे ।

आर्थिक सम्बन्ध सुदृढ बनाउन दुवै देशका साना उद्योगहरुबीच सहकार्य र समन्वयको वातावरण बन्नुपर्ने धारणा पनि भेलाका सहभागीहरुले उठाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क