विश्वविद्यालय सुधार्न पदाधिकारीमा दलीय भागबण्डा अन्त्य गर्नुपर्छ

काठमाडौँ, २४ असार । अबको एक महिनापछि सातवटा विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदैछन् । पदाधिकारी बन्न नेताको घरदेखि पार्टी कार्यालयसम्म कतिपयको दौडधूप सुरु भइसकेको छ ।

विगतमा दलीय भागबण्डाका आधारमा पदाधिकारी बनाइँदा विश्वविद्यालय यतिबेला बेथितिका महल बनेका छन् । विश्वविद्यालयले गुमाउँदै गरेको साख र धमिलो बन्दै गएको छविलाई लिएर यतिबेला सबैको चासो एवं चिन्ताको विषय बन्न पुगेको छ ।

अब पनि पदाधिकारी नियुक्तिमा गम्भीर बन्न सकिएन भने इतिहासले यो भूललाई कहिल्यै क्षमा प्रदान गर्न नसक्ने टिप्पणी शैक्षिक वृत्तमा गरिन थालिएको छ ।

राष्ट्रिय योजना आयोगको शिक्षा हेर्नुहुने सदस्य डा. उषा झाले राजनीतिक दल र नेताप्रति प्रतिबद्ध हुने विश्वविद्यालयका पदाधिकारी अब हामीलाई चाहिएको छैन भन्दै थपे, “विगत दुई दसकदेखि गलत संस्कार हामीले बोक्यौँ । यसले गर्दा विश्वविद्यालयमा विकृति झाँगिँदै गयो, राम्रा विद्यार्थी गुमाउँदै गयौँ । अब यो बेथितिलाई यहीँ पूर्ण्विराम लगाउनु पर्दछ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी भदौबाट पदाधिकारी रिक्त हुँदैछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, १ साउन ।  बर्दियामा अवैध चोरी शिकारको गर्ने तीन जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-१० लम्कीफाँटामा  जनावर चित्तलको

काभ्रेपलाञ्चोक, १ साउन ।  धुलिखेल नगरपालिका-१ देवीटारमा सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । मंगलबार राति घरायसी विवादका क्रममा

काठमाडौँ, १ साउन । गत शुक्रबार चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा सहभागी हुने क्रममा अभिनेता सरोज

महोत्तरी, १ साउन ।  महोत्तरीमा एक जना युवकको सडकमा सव भेटिएको छ । मगंलबार राती विपी राजमार्गको बर्दिवास-३ गौरीडाँडाको स्मृतिपार्क