देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिका

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ ।

विद्यालयनजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिए ।

‘बुढापाकामा यस्तो अन्धविश्वास अझै कायम छ, युवा पुस्ताले विरोध गर्दै आएका छन् । तर, पनि शिक्षिकाहरू मान्न तयार छैनन्,’ उनले भने ।बडीमालिका नगरपालिका–८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो ।

स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै छ । शिक्षिका महिनावारी भएको समयमा विद्यार्थीको पढाइमा बाधा हुने गरेको प्रधानाध्यापक प्रकाश अयडी बताउँछन् ।

कहिलेकाहीं आफू तालिम, गोष्ठी, बैठकमा गएका वेला कार्यरत दुवै शिक्षिका महिनावारी हुँदा स्कुल बन्द हुने गरेको अयडीले बताए । यो प्रथा गलत रहेको भन्दै महिनावारी भएका वेला शिक्षिकाहरूलाई विद्यालयले बिदा नदिने निर्णय गरे पनि उनीहरूले नमानेको प्रधानाध्यापक अयडीले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021