लोकतन्त्रको आवरण भित्र काँग्रेसको चरित्र संकीर्णवादी : प्रम ओली

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलिले काँग्रेसले लोकतन्त्रको आवरण भित्र केही समयदेखि संकीर्णवादी चरित्र देखाउदै आएको बताएका छन ।

मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले संसद बैठकमा प्रतिपक्षी नेपाली कांग्रसले सम्बोधनमा बाधा पुर्याउनु बालहट भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले समसामयिक विषयमा जानकारी गराउने, सरकारले गरेको निर्णयबारे संसदलाई जानकारी गराउने अधिकार प्रधानमन्त्रीलाई हुने भन्दै लामो समय लोकतन्त्रका लागि लडेका शेरबहादुर देउवाको नेतृत्वमा नै बेल घेराउ गर्नु दुःखद पक्ष भएको बताए ।

कांग्रेसले विना कारण संसद अवरुद्ध गरेको बताउदै उनले पटक पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको व्यवहारले आफुलाई आश्चर्यचकित पारेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले केही तत्वहरु सरकारले लिएको समृद्धिको नारामा कटिबद्ध भएर लागेको देखेर आत्तिएको आरोप लगाएका छन । उनले  प्रेस स्वतन्त्रता, मौलिक अधिकार जस्ता कुरा कटिबद्ध भएको भन्दै शान्ति स्थापना, स्थिरता, स्थायित्व, तथा समृद्धिको काममा लागेको बताएका छन ।

विधेयक आउने वित्तिकै खाली माइघर मण्डला जाने बानी परेकाहरुले छलफलको माध्यमलाई अगाल्दा पनि राम्रै हुने  बताउदै आवेश, उत्तेजना र भावनामा बग्ने भन्दा पनि जनताको अधिकार सुनिश्चिततामा लागि पर्न सबैलाई आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ । फागुणको २ गतेबाट रिलिज

काठमाडौँ, ७ माघ । नायिका कंगना रनावतले नायिका दीपिका पादुकोणलाई माफी माग्न आग्रह गरेकी छिन् । ‘छपाक’को प्रमोशनका क्रममा दीपिकाले

काठमाडौँ, ७ माघ । हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको ‘हिमालय रोडिज सिजन ३’को कलिङ राउण्ड सकिएको छ । यो राउण्डबाट प्रेत्येक

काठमाडौँ, ७ माघ । नायक अक्षय कुमारको एक बर्षमा ४ वटा चलचित्र रिलिज भैरहेका छन् । उनले अभिनय गरेको फिल्म ‘गुड