गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्छु : प्रम ओली

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौँ लितपुर र भक्तपुरका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले गुठी विधेयकमा देखिएका समस्याबारे मन्त्रिपरिषदमा गम्भीर छलफल गरेर निश्कर्ष निकालिने बताउदै उनले भने, ‘मैले तपाईंहरू सबैको कुरा सुनें, यो विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्छु।’

बालुवाटारमा भएको छलफलमा अधिकांश जनप्रतिनिधिले धर्म सस्कृति, जात्रा पर्वमाथि नै प्रहार हुने गरी विधेयक आएकाले गुठी विधेयक फिर्ता लिन आग्रह गरेका थिए ।

उक्त छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना