काठमाडौँ, २ असार । आज विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस ‘भविष्यका लागि सँगै अघि बढौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
सन् १९९५ देखि हरेक वर्ष जुन १७ मा विश्वभर बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि यो दिवस मनाउने गरिएको छ।
संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यका पुरा गर्नका लागि पनि यो दिवस महत्वपूर्ण मानिएको छ।