४६ हजार शिक्षक दरबन्दी थपिँदै

 विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हाे ।

कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त पाँच हजार ९५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको हो ।

शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिए राज्यलाई वार्षिक थप एक अर्ब ५० करोड व्यायभार पर्नेछ। मुलुकभर २७ हजार ८८३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । यी सबै विद्यालयमा एक लाख नौ हजार शिक्षक दरबन्दी स्वीकृत भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा