काठमाडौँ, १ असार । चन्द्रागिरी नगरपालिका ७ का ३५ देखि ४५ वर्ष उमेर समूहका गृहिणी महिलालाई सहभागी गराई चन्द्रागिरी नगरपालिका ३ थानकोट चेकपोष्टको खनाल इन्द्रविनायक मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरमा १५ दिने स्कुटर तालीम शुरु भएको छ ।
चन्द्रागिरी नगरपालिकाको चालु आर्थिक वर्षको महिला लक्षित कार्यक्रम अन्र्तगत गृहिणी महिलालाई शिप सिकाउने उद्धेश्यले विनीयोजित बजेटबाट उनीहरुलाई १५ दिने स्कुटर सिकाउने तालीम दिन शुरु गरिएको चन्द्रागिरी नमुना महिला समुहकी अध्यक्ष शोभा वलीले बताइन ।
तालीमको शुभारम्भ चन्द्रागिरी नगरपालिका वडा नं ७ की वडा सदस्य सुलोचना परियारले गरेकी थिइन् । तालीम पुरा गरेपछि गृहिणी महिलालाई फुर्सदको समयमा घुमफिरदेखि कुनै व्यवसाय गर्न सघाउ पुग्ने बतँइन ।
ड्राइभिङ्ग सेन्टरका सञ्चालक रामेश्वर मानन्धरका अनुसार सो तालीममा ७ नं वडाका ५३ जना गृहिणी महिला सहभागी छन । अर्का सञ्चालक उद्धव प्रसाद खनाल ले पनि ड्राइभिङ्ग सेन्टरको स्थापनाको २ वर्षको अवधिमा पहिलोपल्ट यसरी महिला समूहका गृहिणी महिलालाई स्कुटरको ताल्ीम दिन पाएकोमा खुसी व्यक्त गरे ।