शान्तिपूर्ण देशको सूचिमा नेपाल ७६ औं स्थानमा

काठमाडौँ, १ असार । विश्व शान्ति सूचकांक (ग्लोबल पिस इन्डेक्स) (जीपीआई) २०१९ अनुसार शान्तिपूर्ण देशको ७६ औं स्थानमा नेपाल परेको छ ।

सन् २०१८ को प्रतिवेदनमा भने नेपाल ८४ औं स्थानमा रहेको थियो । अष्ट्रेलियाको थिंक ट्यांक इन्स्टिच्यूट फर इकोनोमिक्स एण्ड पिस (आईईपी) ले जारी गरेको प्रतिवेदन अनुसार, १६३ देशमध्ये नेपाल ७६ स्थानमा परेको हो ।

आईईपीले सामाजिक सुरक्षा र सुरक्षाको स्तर, चलिरहेको घरेलु र अन्तर्राष्ट्रिय संघर्षको सीमा र सैन्यकरणको अवस्थाको आधारमा शान्तिपूर्ण देशको सूचि सार्वजनिक गर्ने गरेको हो ।

प्रतिवेदन अनुसार, शान्तिपूर्ण देशको सूचिको पहिलो नम्बरमा आइसल्याण्ड पर्न सफल भएको छ । त्यस्तै न्यूजिल्याण्ड, अष्ट्रिया, पोर्चुगल र डेनमार्क दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

यो सूचिको अन्तिम अर्थात् १६३ औं स्थानमा दक्षिण एसियाली राष्ट्र अफगानिस्तान परेको छ । त्यस्तै सिरिया, दक्षिण सुडान, यमन र सुडान विश्वकै कम शान्तिपूर्ण देशको पुछारमा अटाएका छन् ।

१५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाली राष्ट्रको पहिलो नम्बरमा परेको छ । त्यस्तै श्रीलंका ७२, बंगलादेश १०१, भारत १४१, पाकिस्तान १५३ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक