छुट्टाछुट्टै स्थानमा ५ शव फेला

काठमाडौँ, १ असार । आइतबार बिहान छुट्टाछुट्टै स्थानमा ५ शव फेला परेको छ ।

मध्यबिन्दु नगरपालिका १० अरुणखोलाका २६ वर्षीय सागर चितौरे मृत अवस्थामा फेला परेका छन् । उनले बाथरुममा लागुऔषध प्रयोग गरेको भेटिएको र अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा २९ वर्षीय सन्तोष क्षेत्री मृत अवस्थामा फेला परेको छ  र अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा अन्दाजी २० वर्षीय युवक मृत फेला परेको छ । टाउको फुटेको अवस्थामा मृत भेटिएको र अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

रौतहटको मटिहानी नगरपालिका–१ धिरापुरचौरमा पनि अन्दाजी २० वर्षीय युवकको शव फेला परेको छ र अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१७ आइसिटी गेट नजिकै भारतीय नम्बरको ट्रकका चालक ५० वर्षीय महन्थ यादव पार्किङमा राखेको ट्रकको छेउमा मृत भेटिएका छन् ।

उक्त घटनाहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा