सोलुखुम्बु, १ असार । सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ ।
सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति अज्ञात समूहले आगजनी भएको खबर पाएको प्रहरीले जनाएको छ । घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्नता छ भनेर आधिकारिक पुष्टि हुन बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।