डडेल्धुरा, १ असार । डडेल्धुराको आलिताल गाउँपालिकाको कुर्जेनिया भन्ने ठाँउमा ट्क्याटर दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ ।
शनिबार राति ट्याक्टर दुर्घटना समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत शिक्षक श्याम कलौनिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय गोदाम बजारबाट बालुवा लिएर कुर्जेनी गाउँ जाँदै गरेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटना हुँदा कलौनिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा यही ठाउँका पदम राना सामान्य घाइते हुनुभएको छ । ट्याक्टटर चालक धनजीत धामी भने फरार रहेका छन् ।