रौतहट, ३२ जेठ । रौतहटमा ट्रकले किचेर मोटरसाइकलमा सवार आमाछोरीको मृत्यु भएको छ ।
गरुडा नगरपालिका ५ मा इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार आमा छोरीको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा कटहरिया नगरपालिका १ भषेडवाका सुगन्धिदेवी साह र उनकी छोरी अम्रिकाकुमारी साह रहेको बताइएको छ । दुर्घटनमा परि छोरा र श्रीमान घाइते भएका छन् ।