कैलाली, ३२ जेठ । कैलालीमा एक किशोरीको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
शनिवार घोडाघोडी नगरपालिका ४ जनकपुरकी घर लिप्नका लागि माटो खन्न गएकी १७ बर्षीया रेस्मा भण्डारीको मृत्यु भएको हो ।
रेस्माको माटो निकाल्दै गर्दा पुरिएर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।