क्यानडा जाने लाेभमा २२ लाख गुम्याे !

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ । दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर अर्थात् २२ लाखभन्दा बढी रुपैयाँ गुमाएका छन् । दलालको विश्वासमा पर्दा उनलाई पुर्‍याउन गएका बा र मामाको झन्डै मिर्गौला गुमेको थियो ।

गत वर्ष पुसमा उनको भेट क्यानडा लैजाने दलालसँग भयो । दलालको सल्लाहअनुसार उनी तयारीमा जुटे । यस क्रममा उनले क्यानडामा रहेका नेपालीसँग फोनमा कुराकानी पनि गरे । अनि ढुक्क भएर माघ २२ गते दिल्लीतर्फ उडे ।

दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग भएको र त्यसपछि नै उनको लुटिने क्रम सुरु भएको छ ।  बेहोश बनाएर मिर्गौला झिक्ने दाउ असलफल भएपछि तस्करले छोडेपछि र बाबु र मामालाई उपचार गराएर उनी नेपाल फर्किए । पीडित युवक, उनका बाबु र मामाले केन्द्रीय अनुसन्धान ब्युरोमा २२ हजार ५९ डलर, नेपाली ३५ हजार र भारतीय १५ हजार रुपैयाँ लुटेको बयान दिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा