दैनिक उपभोग्य सामग्रीमा चार प्रतिशतले बढ्यो बजारभाउ

एक महिना अवधिमै खाद्यान्नको भाउ चार प्रतिशतले बढेको सरकारकारी तथ्यांकले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको मूल्य विश्लेषणअनुसार वैशाखयता दैनिक उपभोग्य सामग्रीमा औसतमा ४.२ प्रतिशत बढेको हो ।

‘बजार मूल्य विश्लेषण गर्दा उपभोग्य वस्तुको मूल्य बढेको देखिएपछि नियन्त्रण गर्न गोदाम र ठूला आयातकर्तामा अनुगमन सुरु गरेका छौँ’, विभागका महानिर्देशक योगेन्द्र गौचनले भने । सरकारले जेठ १५ गते बजेट भाषण गरेपश्चात् व्यवसायीले आफूखुशी मूल्यवृद्धि गर्दै आएका छन् ।

ढुवानी सेवामा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएपछि व्यापारीले मूल्य बढाउन बहाना पाएका छन् । आटा, मैदा मस्यौरालगायतमा पनि भ्याट लगाइएको छ । केही वस्तुको मूल्य बजेटअघि नै बढेको महानिर्देशक गौचनको दाबी छ ।

विभागले तयार पारेको मूल्य विश्लेषण प्रतिवेदनअनुसार स्टिम जिरा चामलमा ती प्रतिशतले भाउ बढेको छ । बासमती चामलमा १.६ प्रतिशत र आटामा १० प्रतिशत मूल्य बढेको छ । मसिनो मुसुरोमा २० प्रतिशत बढेको छ। मासको दाल एक महिनामा ९.५ प्रतिशतले बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा