नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए ।

विभिन्न ५७ राष्ट्रका ६९ जना विशेषज्ञ सहभागी रहेको सो मञ्च अप्रत्यक्ष रुपमा चीन नेपाल सहकार्यमा केन्द्रितजस्तो देखिन्थ्यो। अन्य देशका विज्ञले पनि बिआरआईमा तिब्बतको भूमिका शीर्षकमा बोल्दा प्राय सबैले नेपालको प्रसंग उठाएका थिए। सबैको भनाइको निचोड चिनियाँ रेललाई हिमालय पार गराएर नेपाल पु-याउनुपर्ने भन्ने थियो।

नेता छीले पनि सिगाच्छे पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए। नेपालसँगको मित्रतालाई तिब्बती नेता छीले निकै साहित्यिक तरिकाले व्यक्त गरे। उनले भने, ‘जब दुई मुटु नजिक हुन्छन् तब अग्ला पहाडहरुको कुनै डर हुँदैन।’ यही भावनामा रहेर यही वर्षको सुरुदेखि चिनियाँ सार्वजनिक कल्याण संस्थाले नेपालका प्राथमिक तहका विद्यार्थीलाई झोला र अन्य सामग्री वितरण गरेको उनले बताए ।

चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए । लार्चा सुक्खा बन्दरगाह तयार भएको र केरुङमा पनि सुक्खा बन्दरगाह बनाउने उल्लेख गर्दै नेता छीले नेपालको पूर्वाधार विकासमा चीनले लगातार सहयोग गर्दै जानेमा जोड दिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा