अब युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीमा भाग लिन जेनेभा पुगेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका समकमक्षी नसिर बिन थानी अल हम्लीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २००७ मा गरिएको श्रम समझादारीलाई प्रतिस्थापन गरी नयाँ समझादारीमा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा कामदार भर्ना प्रक्रिया पारदर्शी बनाउँदै नेपालीलाई विदेशीसरह हैसियत र सुविधा दिने, कामदार भर्ना प्रक्रियामा लाग्ने शुल्क र सेवाशुल्क रोजगारदाताले ब्यहोर्ने उल्लेख छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १