भक्तपुरमा शताब्दीपुरुष सत्यमोहन जोशीको भब्य नागरिक अभिनन्दन कार्यक्रम हुने

भक्तपुर ३१ जेठ । राम चन्द्र प्रजापति । भक्तपुरमा असार ६ गते सत्यमोहन अभिनन्दन कार्यक्रम हुने भएको छ ।

वाङमय शताब्दी पुरुष पदवीबाट बिभुषित महाविधावारिधिबाट सम्मानित व्यक्तित्व शताब्दीपुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसर पारी आउँदो आसर ६ गते शुक्रबार भक्तपुरमा शताब्दीपुरुष सत्यमोहन जोशीको भब्य नागरिक अभिनन्दन कार्यक्रम हुने भएको हो ।
समारोहका लागि ठाउँ ठाउँमा ब्यानर प्रदर्शन लगायत विभिन्न खालका प्रचारमुलक आन्तरिक कार्य सवै तयारी भइ सकेको शताब्दी पुरुष सत्यमोहन जोशी मूल अभिनन्दन समारोह समिति नरेन्द्र भक्त हाडाको संयोजकत्वमा २०१ सदस्य मुलसमारोह समिति रहेकोआज पत्रकार सम्मेलन गरि प्रचारप्रसार संयोजक नवीन श्रेष्ठले जानकारी गर्नुभएको छ ।

अभिनन्दनको कार्यक्रम निर्धारण गरिएकाले अब असार २ गते नेवारी परम्परा अनुसार ग्वंय दां अर्थात निमन्त्रणा दिन जाने कार्यक्रम तय भएको अभिनन्दन कार्यक्रम असार ६ गते मध्यपुर थिमिमा बिहान ११:४५ बजे बाहाखा बजारबाट शंखधर चोकसम्म र सोही दिन दिउँसो १२:३० बजे दतात्रयबाट शोभा र्‍याली हुने लगतै सुर्यविनायक बराहिस्थानको अजिमा पार्टी महलमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह सम्पन्न हुने महेन्द्र गोपाल कर्मचार्यले जानकारी गर्नु भयो ।

अभिनन्दन समारोहको दिन दिउँसो दतात्रय चोकमा भेला भएर इनाचो सुकुलढोका टौमढी हुदै बंशगोपाल भएर अजिमा पार्टी महल बाराही स्थानमा अभिनन्दन समारोह गर्नेछ । सो दिन सांस्कृतिक र्‍याली पनि गर्ने भएको छ । सांस्कृतिक र्‍याली व्यवस्थापन गर्नको लागि रामगोपाल चौगुठीको संयोजकत्वमा ३५ सदस्यीय स्वयम सेवक परिचालन समिति पनि गठन गरेकको कुरा त्रिरत्न शाक्यले पत्रकार सम्मेलनमा जानकारी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १