विश्वकप क्रिकेटमा आज श्रीलंका र बंगलादेश भिड्दै

काठमाडौँ, २८ जेठ । विश्वकप क्रिकेटमा आज मंगलबार श्रीलंका र बंगलादेश भिड्दै छ ।

ब्रिस्टोलको काउन्टी मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

बंगलादेश र श्रीलंका दुवै कठिन स्थितिमा छन् । उनीहरुले आफ्नो पहिलो तीनमध्ये एक खेल जितेका छन् । बंगलादेशको तुलनामा श्रीलंका केही सहज अवस्थामा भने पक्कै छ । एक जितका साथसाथै पाकिस्तानविरुद्धको खेल वर्षाले रद्ध भएपछि अतिरिक्त अंक पनि श्रीलंकाको खातामा छ ।

अभ्यासका क्रमममा दाहिने हातको कान्छी औंलामा चोट लागेपछि नुवान प्रदीपले बंगलादेशबिरुद्ध नखेल्ने सम्भावना बढेको छ ।

ब्रिस्टोलमा मंगलबार दिनभर पानी पर्ने पूर्वानुमान छ । त्यसैले मंगलबारको खेलमा दुई टोलीले अंक बाँड्ने सम्भावना प्रवल छ । खेल भइहाल्यो भने पनि छोटो ओभरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा