ककनीमा काव्यको १२ औं स्काउट क्याम्प

नुवाकोट, २८ जेठ । १२ औं काव्य स्काउट क्याम्पको संयोजक एवम् युवा स्काउटर अनोज थापाले भित्र्याएको नयाँ कृयाकलाप स्विङ्ग अर्थात नयाँ प्रविधिको पिङ्गलगायत विभिन्न आर्कषक, साहसिक, रोमाञ्चक, मनोरञ्जनात्मक र ज्ञानवद्र्धक कृयाकलापमा सहभागी हुँदै काव्य स्कुलको १२ औं काव्य स्काउट क्याम्प ककनीमा सकिएको छ ।

नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्रमा आयोजित एकरात तथा दुईदिने उक्त क्याम्पमा १० जना युवा स्काउट अर्थात रोभर/रेन्जर (सर्भिस टिम) सहित काव्य स्काउट ट्रुपका ८० स्काउट सहभागी थिए । काव्य स्कुलका संस्थापक निर्देशक स्काउटर रिजन खड्का क्याम्प चिफ थिए ।

काव्य स्कुलका संस्थापक निर्देशकद्वय दिलिप थापा र क्याम्प चिफ रिजन खड्का, योङ्ग हार्ट स्काउट ट्रुप र क्रयुका संस्थापक अध्यक्ष एवम् सिन्धुपाल्चोक जिल्ला स्कउटका जिल्ला आयुक्त देवदूत अधिकारीसहित कोरिया र ताइवानका स्काउटसमेतको सहभागीतामा सो क्याम्प आयोजना गरिएको थियो ।

स्विङ्गको साथै रक क्ल्याईम्विङ्ग, ओमेगा जम्प, हाइकिंग, कुकिंग, नाइट लाइफ भिजिटिंग, अपसेलिङ्ग, प्राथमिक उपचार लगायत दुईदर्जन स्काउटिङ्ग कृृयाकलाप र तालीममा काव्य स्कुलका ६ देखि ९ सम्मका सबै स्काउटलाई सहभागी गराईएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका निवर्तमान सदस्य समेत रहेका काव्य स्कुलका स्काउट गुरु देवदूत अधिकारीले बताए ।

मनोरञ्जनको लागि भव्य क्याम्पफायर गर्दै मनोरञ्जन गरिएको उक्त १२ औं काव्य स्काउट क्याम्पका विभिन्न विधाका उत्कृष्ट स्काउटलाई विद्यालयका संस्थापक निर्देशकद्वय रिजन खड्का र दिलिप थापा, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका निवर्तमान सदस्य स्काउटर देवदूत अधिकारी, योङ्ग हार्ट स्काउट ट्रुप र क्र्युका अध्यक्ष सुरेश खड्का, काव्य स्कुलका अनुशासन विभाग प्रमुख बाबुल सुब्बा लगायतले पदक, पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

क्याम्प अवधिभर सफिन कुटुले उत्कृष्ट अनुसासन पदक, उत्कृष्ट केटा स्काउट सुमन गुरुंग, उत्कृष्ट केटी स्वेता थापा, फेशन परेडतर्फ सफल सापकोटा, कोशिष घले र रियान भट्टराई तथा उत्कृष्ट पेट्रोलतर्फका उत्कृष्ट छात्रछात्रा दुवैलाई पुरस्कृत गरियो ।

कार्यक्रममा ललितपुर जिल्ला स्काउटका स्काउट गुरु नरेश अवाले पनि सहभागी थिए । काव्य स्कुलले हरेक वर्ष र कहिलेकाँही वर्षमा २ पटकसम्म काव्यका स्काउट विद्यार्थीलाई ककनी क्याम्पमा सहभागी गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्