त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो

धादिङ, ५ जेठ । धादिङको गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ ।

काकडभिट्टाबाट काठमाडौँका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस आज दुर्घटना हुँदा काठमाडौँको चन्द्रागिरि नगरपालिकाकी सीता थपलिया, काठमाडौँ थानकोटका राजकुमार सुवेदी, कन्याम इलामका विशाल गिरी र धादिङका राजन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाडौँको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा