त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ ।

मृतकमध्ये २ जना महिला, २ जना पुरुष छन् । एक जनाको शव भने पानीमै रहेकाले निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ । प्रहरीको अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको गजुरी, आदमघाट र गल्छीका अस्पताल तथा हेल्थपोष्टहरुमा उपचार भइरहेको छ । मृतक र घाइतेको परिचय खुलेको छैन । दुर्घटना हुने बेला बसमा कति यात्रु थिए भन्ने पनि एकिन नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ कार्तिक । धादिङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्

बारा, २९ कार्तिक । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जलेश्वर, २९ कार्तिक । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा

काठमाडौँ, २९ कार्तिक । लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना हुने भएको छ । लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी