ट्रक दुर्घटनामा सहचालकको मृत्यु

अछाम, १ जेठ । अछामको पञ्चदेवल नगरपालिका-४, बेल्खेतमा ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

बुधबार बेलुका ४ बजेतिर पञ्चदेवल नगरपालिका-४, बेल्खेतमा रहेको चेक पोष्टमा प्रवेशका लागि दर्ता गराउन ओर्लने क्रममा विनायकबाट दैलेखतर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्वरको ट्रकले किचेर गम्भीर घाइते भएका कपिलवस्तु घर भएका करिब १८ वर्षका बिष्णु नाम गरेका सहचालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

टायरमा फसेपछि सहचालकको मृत्यु भएको बताइएको छ । घाइते भएका सहचालकलाई उपचारका लागि दैलेखको राकम पुर्‍याउनेबित्तिकै ४ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ जेठ । बेलायतमा कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट मृत्यु हुनेको  संख्या ४० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ

काठमाडौँ, २४ जेठ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या २ लाख ३६ हजार १८४ पुगेको वर्ल्डाे मिटर्सले जनाएकाे छ । एसियामै

काठमाडौँ, २३ जेठ । विश्वभर कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभरमा ५ हजार ३३६ जनाको मृत्यु भएको छ । सबैभन्दा

काठमाडौँ, २३ जेठ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ