मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार आन्दोलित

काठमाडौँ, १ जेठ । सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार आन्दोलित भएका छन् ।

पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकार आन्दोलित भएका हुन । विश्वव्यापी प्रेस स्वतन्त्रतालाई वर्तमान सरकारले कुण्ठित गरेको बताउँदै तत्काल उक्त विधेयक फिर्ता लिन आग्रह गर्दै महासंघ चरणवद्ध आन्दोलनमा उत्रिएको हो । देशभरका पत्रकार आन्दालित भइरहँदा काठमाडौँ उपत्यका भित्रका काठमाडौँ, भक्तपुर, ललितपुरका पत्रकार आन्दोलित बनेका छन् ।

मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै सरकारको कदमका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा उपत्यकाका पत्रकारले पनि ऐक्यवद्धता जनाएका हुन ।

विधेयकको प्रावधानमा विरोध जनाउँदै नेपाल पत्रकार महासंघले सांकेतिक विरोधस्वरुप आन्दोलनअन्तर्गत बुधबार हातमा कालो पट्टी बाँधेर उपत्यकाका पत्रकार कार्यक्षेत्रमा खटिएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकीले नयाँ कानुन बनाउने नाममा सरकारले पत्रकारको घाँटी निमोठ्नी काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारितालाई निरुत्साहित गर्न खोजिएको छ र अहिले सरकारी जग्गा अतिक्रमण गर्ने देखि भ्रष्टचारका समाचारहरु आउँन थालेपछि सरकार केहि रुपमा डराएर प्रेसलाई कसेर आफु बल्यो हुन् खोज्छ ।’

उहाँले संचार सामग्रीसहित जेठ ३ गते जिल्ला प्रशाशन कार्यलय अगाडी प्रदर्शन गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरिने जानकारी गराउनुभयो । साथै उनले पत्रकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने सरकारका हरेक कदमको खुलेर विरोध गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३