नेपाली मुलुककी एक चेली बनिन् कोरियन प्रहरी अधिकृत

काठमाडौँ, १ जेठ । कोरियन प्रहरीमा नेपाली मुलुककी एक चेली प्रहरी अधिकृत बनेकी छिन् ।

नेपालको भोजपुरमा जन्मिएकी २८ वर्षीय सम्झना राई दक्षिण कोरियाको प्रहरी अधिकृतको रूपमा पहिलो पटक नेपाली मुलुककी चेली  भर्ती भएकी हुन् ।

सन् २०१० मा कोरियाबाट नेपाल भ्रमण आएका कोरियन युवासँग प्रेममा परेपछी त्यसै वर्ष उनी भिजिट भिसामा कोरिया प्रवेश गरेकी थिइन् ।भिजिट भिसामा कोरिया प्रवेश गरेकी उनी प्रवेश सँगै उनका प्रेमी कोरियन युवासँग लगन गाँठो कसिन्। उनले छल्नाम्दो स्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासन सम्बन्धी संकायमा भर्ना भई अध्ययन समेत पुरा गरिन् ।

२८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले यही महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।

 राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताउदै उनले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् ।

जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन्। तालिम सकिएपछि राई ख्यांगी प्रान्तको सुवनमा प्रहरी अधिकृतको रुपमा उनले काम शुरु गर्ने छिन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १५ सय रुपैयाँले बढेर छापावाला

काठमाडौँ, १२ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गरेर ‘बीओके’

काठमाडौँ, १२ फागुन । नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको

काठमाडौँ, १२ फागुन । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।