१९ वर्षीया युवती मृत अवस्थामा फेला

बुटवल, १ जेठ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा न.१ साँडीको भुझौली भन्ने गाउँमा एक किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

आज विहान ६ बजे विहेको तयारीमा रहेकी १९ वर्षीया सवनाम निशा नाम गरेकी किशोरी खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा फेला परेकी हुन् ।

सोमबार राती खाना खाएपछि सुत्न गएको उनी राती आमाले विस्तारामा हेर्दा नभएपछि खोजिकार्यमा जुटिए पनि मंगलबारसम्म नभेटीएको र आज उनलाई मृत अवस्थामा फेला परेको मृतक निशाका वुवा महोम्मद हिसाहारले बताए । उनले छोरीको विहे यो महिनामा हुन लागेको पनि बताए ।

मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ । रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जनाएको छ ।

उक्त घटना स्थलबाट प्रहरीले शंकाको आधारमा एक युवकलाई नियन्त्रणमा समेत लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, ५ जेठ । सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई

विरगञ्ज, ५ जेठ । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण

काठमाडौँ, ५ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

धादिङ, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ